रविको हिरासत बसाई लम्बियो, १० दिन राख्न अनुमति

पाेखरा | कात्तिक २०, २०८१

रविको हिरासत बसाई लम्बियो, १० दिन राख्न अनुमति

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासत बसाई लम्बिने भएको छ ।

 

आज उनलाई कास्की जिल्ला अदालत लगिएको थियो । 

 

कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको तेस्रो पटक म्याद थप गरिएको हो ।
 

मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो । 

 

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले हिरासतमा राखेर सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।

 

उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाको तत्कालिन प्रबन्धक निर्देशक हुँदा सो मिडियामा लगेर अपचलन गरेको आरोप छ ।
 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्